वीरेन्द्रनगरमा आधुनिक क्रिकेट मैदान निर्माणको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

सुर्खेत, जेठ २२ — कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण गर्ने योजना अघि सारेको छ। अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए।

उनले कर्णालीलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी सन् २०२७ को विश्वकपका लागि राष्ट्रिय टोली निर्माण गरिने जनाइएको छ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *