भारतले सीमा मुद्दामा बाह्य मध्यस्थता अस्वीकार गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी विषयमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने भारतले स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले दुई देशबीच रहेका सीमा सम्बन्धी प्रश्नहरू समाधान गर्न स्थापित द्विपक्षीय संयन्त्र नै पर्याप्त रहेको बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा विवाद समाधानका लागि बेलायतसँग समेत संवाद आवश्यक हुन सक्ने अभिव्यक्ति दिएपछि भारतको यो प्रतिक्रिया आएको हो। जैशवालले सीमा व्यवस्थापन र बाँकी रहेका विवादित क्षेत्रका विषयमा दुवै देशले संयुक्त रूपमा काम गरिरहेको जानकारी दिए।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक बहस चर्किएको छ। विपक्षी दलहरूले उक्त भनाइप्रति आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् भने कूटनीतिक वृत्तमा समेत यसबारे विभिन्न टिप्पणी भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *