|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । चार विद्यार्थी संगठनले प्रधानमन्त्री बालेन शाहको संसद्मा व्यक्त गरिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले उक्त भनाइले राष्ट्रिय हित र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको दाबी गरेका छन्। संगठनहरूले प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टीकरण माग्नुका साथै नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिन आग्रह गरेका छन्।
विद्यार्थी संगठनहरूले सरकारका केही नीति तथा गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र जनचासोका विषयमा संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट प्रतिक्रिया आइरहेका छन्।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्