×

त्रिविका ४ विद्यार्थी संगठनद्धारा निर्वाचन समितिका संयोजकको राजीनामा माग

चैत्र २, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद न्यौपानेको चार विद्यार्थी संगठनले राजीनामा मागेका छन् ।

निर्वाचन समिति पूर्वाग्रही देखिएको विद्यार्थी संगठनको आरोप छ। नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले विज्ञप्ति निकालेर निर्वाचन समितिका संयोजकको राजीनामा मागेका हुन् ।

निर्वाचन समितिका संयोजक न्यौपानेले उम्मेदवार मनोनयमा अवरोध, प्रशासनिक चलखेल, अन्यायपूर्ण हस्तक्षेप गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । त्रिविस्थित निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी जारी राखेकाले ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: