प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि, माइतीघरमा विरोध प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

काठमाडौं, जेठ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर नेपाल तरुण दलले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै तत्काल सार्वजनिक रूपमा माफी माग्न र पदबाट राजीनामा दिन माग गरेका छन्।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले सीमाजस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट आएको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे। उनले यस विषयमा सरकार र त्यसलाई समर्थन गर्ने दलहरूले समेत स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा बहस र आलोचना बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *