|
२०८३ जेष्ठ १५
काठमाडौं । सरकारले मकवानपुरको हेटौँडामा २५ मेगावाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वच्छ ऊर्जामा आधारित हाइड्रोजन उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाइने बताएका हुन्।
सरकारले ऊर्जा क्षेत्रमा नयाँ प्रविधि र वातावरणमैत्री योजनालाई प्राथमिकता दिँदै उक्त परियोजना सुरु गर्न लागेको जनाएको छ। हरित हाइड्रोजन उत्पादनबाट औद्योगिक विकाससँगै वैकल्पिक ऊर्जाको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।
यस्तै, बजेटमार्फत हेटौँडा–ढल्केबर प्रसारण लाइन निर्माण कार्यलाई पनि सम्पन्न गरिने घोषणा गरिएको छ। यसबाट विद्युत् आपूर्ति प्रणाली थप सुदृढ हुने विश्वास सरकारले लिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्