|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ — उत्तरपूर्वी म्यानमारको एक गोदाममा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ४५ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार खानी कार्यमा प्रयोग हुने विस्फोटक पदार्थ भण्डारण गरिएको भवनमा दुर्घटना भएको हो। विस्फोट यति शक्तिशाली थियो कि आसपासका धेरै घरमा समेत क्षति पुगेको छ।
चीन सीमानजिक रहेको नाम्खाम क्षेत्रको काउङटुप गाउँमा भएको घटनापछि उद्धार कार्य तीव्र पारिएको छ। भग्नावशेषमा अझै मानिस फसेको आशंका गरिएकाले मृतक र घाइतेको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्