क्वेटा स्टेशनमा आतंककारी हमला, दर्जनौँको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा रेलवे स्टेशनमा भएको भीषण बम विस्फोटमा कम्तीमा २४ जनाले ज्यान गुमाएका छन् भने ८० भन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार ‘जाफर एक्सप्रेस’ रेल प्रस्थानको तयारीमा रहेका बेला विस्फोट भएको हो। घटनापछि रेलका केही डिब्बा पटरीबाट उत्रिएका छन् भने आगलागीसमेत भएको बताइएको छ।

घटनामा सर्वसाधारण, महिला तथा बालबालिका समेत प्रभावित भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *