मापसेका कारण वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

काठमाडौं — देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा गत वैशाख महिनामा १२४ सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकामा मात्र ३७ दुर्घटनामा २ जनाको मृत्यु र ५० जना घाइते भएका छन्।

प्रदेशगत विवरणअनुसार कोशीमा ३५ दुर्घटनामा २ जनाको मृत्यु, बागमतीमा १२ दुर्घटनामा १ जनाको मृत्यु, गण्डकीमा ५ दुर्घटनामा ४ जनाको मृत्यु, र लुम्बिनीमा ९ दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

प्रहरीले मापसे नियन्त्रण अभियानलाई थप कडाइ गरिएको बताउँदै राति, चाडपर्व र सार्वजनिक बिदामा यस्तो घटना बढी हुने गरेको जनाएको छ। ट्राफिक प्रहरीले चालकहरूलाई नियम पालना गर्न र जिम्मेवार भएर सवारी चलाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *