नेपालको आर्थिक वृद्धिदर सुधार हुने एडीबीको प्रक्षेपण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ६

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

नेपालमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन भएको कारण अर्थतन्त्रमा सुधार हुनसक्ने बताएको छ । एडीबीद्वारा बुधबार प्रकाशित एडीबी आउलुक– २०२१ मा सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको छ। यो वर्ष २०२१ मा २.३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको हो।

तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो। एडीबीले गत अप्रिलमा यो वर्ष ३.१ प्रतिशत र आगामी वर्ष (२०२२) ५.१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ’, एडीबीको नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरुका कारणले २०२१ मा क्रमिक आर्थिक सुधारलाई उल्ट्याउनसक्छ।’

कोभिड-१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ । यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धानबालीले जीडीपीमा योगदान गर्नेछ । पछिल्ला महिनामा निर्यात वृद्धि भएको तथ्यांक आएको छ । यसले घरेलु उत्पादन बढेको संकेत गर्ने समेत एडीबीको विश्वास छ । यो वर्ष सरकारको नीति समेत स्वास्थ्य सुरक्षामा बढी केन्द्रित रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *