|
२०८३ जेष्ठ १५
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताएका छन्।
१९औँ गणतन्त्र दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्दै देशलाई एकताबद्ध रूपमा अघि बढाउने अवसर दिएको उल्लेख गरे।
उनका अनुसार गणतन्त्रले नागरिकबीच एकता बढाउँदै साझा राष्ट्र निर्माण र समुन्नत भविष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्