|
२०८३ जेष्ठ ११
काठमाडौँ — नेपाली कांग्रेसभित्र पार्टी एकता कायम राख्ने उद्देश्यसहित नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। उनले महाधिवेशन प्रक्रिया र संगठनात्मक संरचनालाई लिएर मध्यमार्गी समाधानको पहल गरेका हुन्।
कोइरालाले १५औँ महाधिवेशनमा क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगरी हालकै नवीकरण र वितरणका आधारमा अघि बढ्नुपर्ने सुझाव दिएका छन्। साथै, १४औँ महाधिवेशनपछि बनेका संरचनालाई समायोजन गरी एउटै केन्द्रीय कार्यसमिति बनाउने प्रस्तावसमेत उनले राखेका छन्।
त्यसैगरी, कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्नुपर्ने तथा विभिन्न समिति आपसी सहमतिमा मात्रै गठन गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ। नेताहरूबीच संवाद जारी रहेकाले पार्टी एकता जोगाउन सहमतिको प्रयास भइरहेको बताइएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्