आज गगन थापाले जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिने भएका छन् ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

१८ जना जेनजी अगुवाहरुलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा। खनाल लगायत सहभागी हुने भएका छन् ।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ।

‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ को सदस्यहरुमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य छन् । उक्त समितिले दुई चरणको छलफल गरिसकेको छ। संविधानविदहरुसँग राय संकलनका लागि छलफल गरिसकेको समितिले आज जेनजी अगुवाहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन । शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरुको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *