आज रास्वपाको सचिवालय बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले बैठक बोलाएका हुन् ।

साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *