पुरानो अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा ह्वाट्स सपोर्ट बन्द गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । लोकप्रिय मेसेजिङ ह्वाट्स एपले सन् २०२६ सेप्टेम्बर ८ देखि एन्ड्रोइड ६.० भन्दा पुरानो अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा सपोर्ट बन्द गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार एन्ड्रोइड ५.० तथा ५.१ भएका फोनमा त्यसपछि ह्वाट्सएप चल्नेछैन । पुराना डिभाइसमा नयाँ फिचर र सुरक्षा अपडेट राम्रोसँग काम नगर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

यस परिवर्तनले विशेषगरी लामो समयदेखि पुराना स्मार्टफोन प्रयोग गरिरहेका प्रयोगकर्तालाई असर पार्नेछ ।

यदि तपाईंको फोन पुरानो संस्करणमा चलिरहेको छ भने कम्पनीले नोटिफिकेशन पठाउन सुरु गरिसकेको छ । यस्तो अवस्थामा फोनको सफ्टवेयर अपडेट गर्ने वा नयाँ स्मार्टफोन प्रयोग गर्ने विकल्प रहनेछ । साथै, प्रयोगकर्तालाई आफ्नो च्याटको ब्याकअप सुरक्षित राख्न पनि सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *