माओवादीलगायतको गठबन्धनले प्रयोग गर्न खोजेको तारा चिन्ह पुरानो दलको नाममा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाडौं – नेकपा (माओवादी केन्द्र) सहित ८ दलबीच सहमति भएपछि तारा चुनाव चिन्ह प्रयोग गर्ने निर्णय भएको भए पनि सो चिन्ह अहिले पनि सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालको नाममा दर्ता रहेको पाइएको छ।

निर्वाचन आयोगका अनुसार जन समाजवादी पार्टी नेपाल २०७३ मंसिर ३० गते दर्ता भएको हो र उक्त दललाई सेतो पृष्ठभूमिमा रातो पाँच कुने तारा चिन्ह प्रदान गरिएको थियो। हालसम्म आयोगमा दर्ता भएका १२४ राजनीतिक दलमध्ये यो दल ५४ औं नम्बरमा सूचीकृत छ।

तर, काफ्ले नेतृत्वको जन समाजवादी पार्टी ८ दलीय एकतामा समावेश भएकाले आयोगले तारा चुनाव चिन्ह एकीकृत दललाई नै दिने स्पष्ट पारेको छ। आयोगका एक अधिकारीका अनुसार, “एकतामा आउने कुनै दलको चिन्ह कायम रहेमा वा नयाँ चिन्ह प्रस्ताव भएमा आयोगले पुरानो दर्ता हटाएर नयाँ एकीकृत दललाई नै त्यो चिन्ह उपलब्ध गराउनेछ।”

यस अनुसार, ८ दलीय गठबन्धनले तारा चिन्हमै आगामी निर्वाचनमा भाग लिन सक्नेछ, र यसले कानुनी वा प्राविधिक समस्या उत्पन्न नहुने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *