डिशहोम ‘गो’ एपमार्फत अब एनपीएलका खेल प्रत्यक्ष हेर्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौँ ।  डिशहोम ‘गो’ एपले नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्रसारण अधिकार पाएसँगै क्रिकेटप्रेमीहरूले अब आफ्नो मोबाइल वा ट्याब्लेटबाट सबै खेल प्रत्यक्ष हेर्न सक्ने भएका छन्।


एन्ड्रोइड प्रयोगकर्ताले ‘DishHome Go’ गुगल प्ले स्टोरबाट सीधै डाउनलोड गर्न सक्छन् भने आईओएसको नयाँ अपडेट चाँडै आउनेछ।

आईओएसमा प्याकेज खरिदमा समस्या आएमा वेबसाइट dishhomego.com.np मार्फत प्याकेज किन्न सकिनेछ।


एप प्रयोग गर्दा VPN प्रयोग नगर्न आग्रह गरिएको छ। अब क्रिकेटप्रेमीहरूले जहाँ बसेर पनि एनपीएलको रोमाञ्चक क्षण आनन्दपूर्वक हेर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *