हुरीबताससहित ठूलो वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित ठूलो वर्षा गराउने प्रणाली पूर्वतिर सरिरहेको जनाएको छ । यो प्रणालीले काठमाण्डौ उपत्यकासहित बागमती र मधेश प्रदेशका धेरैजसो ठाउँमा पानी पर्न थालेको छ ।

विभागका अनुसार अहिले कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ । विभागका मौसमविद् सञ्जिव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताए ।

विभागले अहिले देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । मौसमविद् अधिकारीका अनुसार सुदूरपश्चिमबाट शुरू भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेश प्रदेशसम्म फैलिसकेको छ । हुरीबतासको गति झन्डै ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही ठाउँमा झन्डै २ घण्टासम्म यसको प्रभाव रहने छ ।

आज विशेषगरी ठूलो वर्षाको सम्भावना रहेको र बेलुकीपछि वर्षा केही कम हुने अनुमान छ । यद्यपि हप्ताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *