|
कार्तिक १८, २०८३
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ । मंगलबार प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार २० रुपैयाँले घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्