सरकारले नागार्जुनमा सुकुमबासीका लागि अस्थायी बसोबासको तयारी गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । थापाथली लगायतका स्थानबाट लगिने सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा तयारी थालिएको छ ।

सुकुमबासीहरुका लागि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा बनेका तीन वटा भवनमध्ये एउटामा सुकुमबासीहरुलाई राख्ने तयारी गरिएको हो ।

शनिबारदेखि सो भवनमा श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका हुन् । बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । एउटा परिवारका लागि तीन कोठासहित प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्ने गरी कोठा निर्माण गरिएको छ । त्यसमा शौचालय समेत रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Rebecca2237

    April 26, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *