नागार्जुनमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज गरियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–२ स्थित तिनघरेमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले निस्तेज पारेका छन् । बुधवार बिहान स्थानीय शोभ रेग्मीको घर अगाडी सडकमा रातो कपडामा बेरेर राखेको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो ।

घटनाबारे स्थानीयले खबर गरेपछि सेनाको बम डिस्पोजल टोली सो बस्तु निष्क्रिय बनाएको हो । प्रतिनिधिसभा निर्वाचन बिथोल्न खोज्ने समूहले रङको बाल्टिनमा बालुवा भरेर राखेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएका छन् ।

बाल्टीबाट तार निकालेको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *