नागार्जुनमा मोटरसाइकल ठक्कर, नेपाली सेनाका जवानको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

काठमाडौंको नागार्जुन क्षेत्रमा भएको सवारी दुर्घटनामा नेपाली सेनामा कार्यरत एक जवानको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ८ः१५ बजे नागार्जुन नगरपालिका–८ फस्कुमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २५ वर्षीय भीमराज तामाङको ज्यान गएको हो। उनी नेपाली सेनामा सिपाहीका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार सीतापाइलाबाट रामकोटतर्फ जाँदै गरेको बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–००३ प ६७१६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा तामाङ सवार मोटरसाइकल गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।

घाइते अवस्थामै उद्धार गरी मनमोहन अस्पताल पुर्‍याइएका तामाङको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालक सर्लाही घर भएका २२ वर्षीय युवराज ठाकुर सामान्य घाइते भएका छन्। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *