सुकुम्बासी क्षेत्रका नागरिकहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने : होटल संघ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले काठमाडौंको थापाथली आसपासका सुकुम्बासी बस्तीबाट निकालिएका नागरिकहरूको सुरक्षित व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने जनाएको छ।

संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुम्बासी नागरिकका लागि अस्थायी आवास (बसोबास) उपलब्ध गराउन आफूहरू तयार रहेको जानकारी दिएको हो ।

संघका बागमती प्रदेश कमिटी अध्यक्ष दामोदर नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाभित्र रहेका सदस्य होटलहरूसँग आवश्यक समन्वय गरी समस्यामा परेका नागरिकलाई तत्काल आश्रय उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ।

विज्ञप्तिमा सुकुम्बासी बस्तीका नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गर्न संघ तयार रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *