काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, तनहुँमा पेश गरिएको आधिकारिक विवरण अनुसार उनको कुल निर्वाचन खर्च २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ रहेको छ।
सोही क्षेत्रबाट निर्वाचित बनेका वाग्लेका निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले मिति फागुन २७ गते उक्त खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम बुझाइएको अनुसूची-४१ को विवरण अनुसार, वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा बढी रकम प्रचारप्रसार सामग्री र सवारी साधनमा खर्च भएको छ।
खर्चको विवरण :
प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्ट : ६,५०,२९८
सवारी साधन तथा इन्धन खर्च (१५ दिन): ४,५०,०००
कार्यालय सञ्चालन खर्च (४२ वडा) ४,२०,०००
खाना, खाजा तथा अस्थायी बसोबास:३,४८,९००
विद्युतीय प्रचारप्रसार: ३,४८,४६४
बुथ प्रतिनिधि परिचालन (६९ मतदान केन्द्र) ३,१९,३००
विविध खर्च : १,४०,७९२
मनोनयन दर्ता : १०,०००
मतदाता नामावली खरिद : ३,०००


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्