जेनजीसँग सहकार्य गरेर चुनावमा जाने तयारी: माओवादी नेता पुन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाण्डौँ । नेकपा माओवादी केन्द्र० का नेता वर्षमान पुनले आगामी चुनावमा पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेण्डा बनाएर जाने बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजी ९न्भलश्० समूहसहितको छलफलमा सहभागी हुँदै नेता पुनले माओवादी केन्द्रले जेनजी आन्दोलनका मागहरूलाई अघिबाटै समर्थन गर्दै आएको बताएका थिए।

उनका अनुसार, माओवादी केन्द्र सधैं सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा रहेको र जेनजी आन्दोलनसँग त्यस विषयमा निकटता रहेको छ।
‘हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं, सुशासन र पारदर्शितामा हाम्रो र उनीहरूको सोच मिल्दोजुल्दो छ,’ उनले भने।

पुनले भदौ २३ र २४ पछि देशलाई संवैधानिक र राजनीतिक प्रक्रियाबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारलाई विश्वसनीय निर्वाचन वातावरण बनाउन आग्रह गरे।
‘अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने भनेकै निर्वाचनमार्फत हो,’ पुनको भनाइ थियो।

उनले २०४६ सालपछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने हो भने माओवादी केन्द्र त्यसमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि बताए।

‘जेनजी आन्दोलनका सम्भव मागहरूलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेण्डासहित हामी चुनावमा जानेछौं। साथै, जेनजीसँग चुनावी सहकार्य गर्न पनि हामी तत्पर छौं,’ पुनले भने।

नेता पुनले जेनजीको लोकतन्त्र, संविधान र वर्तमान व्यवस्थाप्रतिको प्रतिबद्धताप्रति पार्टीको तर्फबाट उच्च सम्मान व्यक्त गर्दै भने,
‘हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तयार छौं। सरकारले निर्वाचनको वातावरण बनाओस्, हामी निर्वाचनमा होमिन तयार छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *