सभामुख चयन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २०

काठमाडौं — प्रतिनिधिसभाका नयाँ सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। सङ्घीय संसद् सचिवालयले तय गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारहरूले नाम दर्ता गराउने छन्।

आजै अपराह्न २:३० बजे दर्ता भएका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ। निर्वाचन भने चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुने तय गरिएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत समर्थन गरेको हो।

प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्यालको सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *