देशभर १७ स्थानमा आगलागी, लाखौंको क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपद् घटनाको विवरण संकलन गरेको छ। तीमध्ये १७ घटना आगलागीका थिए। बाँकी तीनमा मुस्ताङमा पहिरो, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमण भएको थियो। पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ झुलिटारकी ५५ वर्षिया महिला जंगलमा घाँस काट्न गएकी बेला बाघले आक्रमण गरी घाइते भएकी थिइन्।

आगलागीबाट करिब ८२ लाख ९१ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ। आगलागी सिरहा, भोजपुर, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा भएको थियो।

अधिकांश आगलागी असावधानीका कारण भएको प्राधिकरणले जनाएको छ। गाईगोठमा खाना पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुलो वा विद्युत उपकरण प्रयोग गर्दा आगो फैलिएको पाइन्छ। त्यस्तै, अचानक विद्युत् सवारी साधनमा आगलागीको घटना पनि दर्ता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *