माओवादी केन्द्रले तोक्यो सातै प्रदेशमा विपद् व्यवस्थापनका लागि सम्पर्क व्यक्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ ३२

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको छ ।

प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न केन्द्रीय विपद् व्यवस्थापन विभागका नेताहरूलाई सम्पर्क व्यक्ति तोकिएको हो ।

माओवादीको केन्द्रीय विपद् व्यवस्थापन विभागको बैठकले केन्द्रीय कार्यालय बैठकको सिफारिस अनुसार कार्यान्वयनका लागि ४ बुँदे निर्देशनसहित परिपत्र जारी गरेको छ ।

जसअनुसार कोशी प्रदेशमा नारायण काफ्ले र नारायण तिमिल्सिना, मधेस प्रदेशमा लवकुश बैठा, बागमती प्रदेशमा सुनिलमान शाक्य, गण्डकी प्रदेशमा काजिराम खड्का, लुम्बिनी प्रदेशमा हरिमान पुन र राधा नेपाली, कर्णाली प्रदेशमा भीमबहादुर रोकाय र वीरबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेशमा कमल थापा र बलबहादुर रावल रहेका छन् ।

विगतकोभन्दा यस वर्ष बढी मनसुन सक्रिय भई अधिक वर्षा हुने आकलन गरिएकाले गृह मन्त्रालयले सबै पार्टीहरूसँग सम्बन्धित विपद् व्यवस्थापनको लागि इन्चार्जहरूको समन्वय समिति बनाएर अनुगमन गर्ने निर्णय गरेको थियो ।

वर्षाका कारण तराईमा बाढी र पहाड र हिमाली क्षेत्रमा पहिरोको उच्च जोखिम बढ्ने आकलन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकलन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *