|
२०८२ चैत्र १५
काठमाडौँ । सरकारले राइड–शेयरिङ एपहरूमा खतराको सूचना दिने एसओएस बटन अनिवार्य गर्ने तथा सार्वजनिक यातायातमा सिसिटिभी जडान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ९७ नम्बर बुँदामा यो व्यवस्था उल्लेख गरिएको हो।
कार्यसूचीअनुसार राइड–शेयरिङ एपमा एसओएस बटन राखी आकस्मिक वा जोखिमपूर्ण अवस्थामा प्रयोगकर्ताले तुरुन्तै प्रहरीलाई सूचना दिन सक्ने प्रणाली विकास गरिनेछ। यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी ३० दिनभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, सार्वजनिक यातायातका साधनहरूमा पनि सुरक्षा मजबुत बनाउन सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरिएको छ। सरकारले यी कदममार्फत यात्रु सुरक्षामा सुधार ल्याउने अपेक्षा गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्