|
२०७८ कार्तिक १
काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अवुधाबी डायलगको छैटो मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।
विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्