म्याग्दीका गुुर्जा र घोडेपानीमा हिमपात ,पर्यटक र बासिन्दा प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

म्याग्दीको धवलागिरी–१ गुुर्जा र अन्नपूर्ण–६ घोडेपानी क्षेत्रमा बुधबार बिहानदेखि हिमपात भइरहेको छ। धवलागिरी गाउँपालिका–१ का वडा सदस्य गुनराम छन्त्यालका अनुसार राती पानी परेको र करिब दुई इञ्चसम्म हिउँ जमिसकेको छ।

समुन्द्र सतहदेखि करिब २७०० मिटर उचाइमा रहेको गुुर्जा जोड्ने सडक र पदमार्ग हिउँले ढाकिएपछि अवरुद्ध भएको छ। स्थानीय बासिन्दा घरभित्रै आगो तापेर बसेका छन् भने गाईबस्तु र भेडाबाख्रा गोठमै राखेर सुकेको घाँस खुवाइरहेका छन्।

पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले ढाकिएको छ। होटल व्यवसायी मिना पुुनले हिमपातपछि पर्यटकको चहलपहल घटेको बताए।

यस वर्षको दोस्रो हिमपात भएको हो। म्याग्दी जिल्लाभर भएको वर्षाले खेतीबालीमा फाइदा पुर्‍याएको छ। मालिका–७ का कृषक भुपेन्द्र शर्माले भने, “सुख्खा जमिन भिज्दा बिरुवा आवश्यक तत्व पाउँछन्, जसले गहुँ, जौ, केराउ र सुन्तला जातका फलफुलमा सहयोग गर्छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *