गोरखामा हिमपात, जनजीवन प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

गोरखा : गोरखाको हिमाली भेगमा हिमपात भएको छ। चुमनुब्री गाउँपालिका १ साम्दोमा शुक्रबारदेखि हिमपात भएको त्यहाँस्थित बोर्डर आउटपोस्ट(बिओपी)का प्रमुख विश्व त्रिपाठीले जानकारी दिए।

‘कतै आधा फिट, कतै एक फिट हिउँ परिसकेको छ’, उनले भने, ‘जाडो बढेपछि जनजीवन प्रभावित भएको छ। घरबाहिर कोही निस्केका छैनन्। सुनसान जस्तै बनेको छ।’

लार्केपास गर्ने पदमार्ग हिउँले ढाकेपछि बिओपी कार्यालयका सशस्त्र प्रहरी हिउँ पन्छ्याएर बाटो बनाउन खटिएका उनले बताए। मनास्लु क्षेत्रमा पर्ने साम्दो समुद्री सतहदेखि ३८७७ मिटर(१२,७१३ फिट) उचाइमा रहेको गाउँ हो। यो सिजनमा विदेशी पर्यटकहरु साम्दो हुँदै हिउँ लार्केपास गर्ने गर्दछन्। हिमपात भएपनि पर्यटकहरु भने सुरक्षित छन्। उनीहरु रमाउँदै तस्बिर लिइरहेको बिओपी साम्दोका प्रमुख इन्स्पेक्टर त्रिपाठीको भनाइ छ।

हिउँ पर्ने सिजन सुरु नहुँदै असोजमै हिउँ परेको यो वर्षको पहिलो हिमपात हो। गोरखाको तल्लो भेगमा अबिरल वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *