|
२०८२ चैत्र १
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ ।
केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।
समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ ।
सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने बताएका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्