प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन योग्य पार्टी सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरिएको हो ।

इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ। उम्मेदवार छनोट रूपरेखाबमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरिएको छ । उम्मेदवारी आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत दिन सकिनेछ ।

पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ तोकिएका कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *