काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी, रास्वपाले खाता खोल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना ९न्यौपाने० विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।

यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत पाएका छन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *