रास्वपाले झापाका पाँचै क्षेत्रमा उम्मेदवार तय गर्‍यो, क्षेत्र–२ मा ठूला नेताबीच भिडन्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार लगभग निश्चित गरेको छ। क्षेत्र नम्बर १ मा पूर्व समानुपातिक सांसद निशा डाँगी उम्मेदवार बन्ने भएकी छन्। क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख इन्दिरा राना मगरलाई उठाइँदा एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

क्षेत्र नम्बर ३ मा जिल्ला सभापति प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा पार्टी सचिव शम्भु सुस्केरा उम्मेदवार हुने भएका छन्। क्षेत्र नम्बर ५ मा भने काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह उम्मेदवार बन्ने चर्चा छ। सधैं राजनीतिक रूपमा चर्चामा रहने झापामा रास्वपाले यसपटक सुरुदेखि नै उम्मेदवार टुंग्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *