कारागारभित्रै मतदान केन्द्र, ५३ कैदीबन्दीले समानुपातिक मत हाल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

२० फागुन, बागलुङ । बागलुङमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई अस्थायी मतदानस्थल थप गरिएको छ । बागलुङ कारागारमा रहेका मतदाता परिचयपत्र भएका ५३ कैदीबन्दीलाई कारागारभित्रै समानुपातिक मत हाल्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।

जिल्लामा हाल १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम छन् । कार्यव्यस्तताका कारण मतदान केन्द्र पुग्न नसक्ने कर्मचारीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मतदानको व्यवस्था गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा १ लाख ९३ हजार ३८१ मतदाता सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *