निर्वाचनको मौन अवधिमा राजनीतिक प्रचारका एसएमएस रोक्ने स्प्यारो एसएमएसको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । नेपालको अग्रणी एसएमएस सेवा प्रदायक कम्पनी स्प्यारो एसएमएस ले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिमा राजनीतिक प्रचारप्रसारका सन्देशहरू पूर्ण रूपमा रोक्ने भएको छ।

कम्पनीले निर्वाचन आचारसंहिता र मौन अवधिको सम्मान गर्दै आफ्नो प्रणालीमार्फत हुने राजनीतिक एसएमएसलाई नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जनाएको छ।

निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न कम्पनीले विशेष कि-वर्ड ब्लक सिस्टमु सञ्चालनमा ल्याएको जनाएको छ।

यस अटोमेटिक (स्वचालित) प्रणालीले राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रचारसँग सम्बन्धित शब्द र सामग्रीहरूलाई पहिचान गरी एसएमएस प्रसारण हुनबाट रोक्नेछ। यसबाट मौन अवधिमा डिजिटल माध्यमबाट हुनसक्ने निर्वाचन आचारसंहिताको उल्लंघन रोकिने कम्पनीको विश्वास छ।

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज थापाले जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले निर्वाचन आयोगको मार्गनिर्देशन पालना गर्नु आफ्नो दायित्व भएको बताए ।

कम्पनीले मौन अवधिको समयमा राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरू मात्र अवरुद्ध गरिने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *