राजनीतिक दल र नागरिक प्रतिनिधि प्रधानमन्त्रीसँग छलफल सिंहदरबारमा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाण्डौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा सुरु भएको छ ।

अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतीकरण दिनेछ ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरू तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी छन् ।

प्रमुख दुई राजनीतिक दलहरू नेकपा ९एमाले० र नेपाली काँग्रेसले संसद् पुनः स्थापनाको माग गर्दै आएको छ । केही जेनजी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *