भाषणमा आशिका तामाङ चिप्लिएको भन्दै मागिन माफी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले भाषणका क्रममा भएको शब्द–त्रुटिप्रति सार्वजनिक रूपमा माफी मागेकी छन् ।

सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै उनले बिहीबार पार्टी सभापति रवि लामिछाने धादिङ आउँदा गल्छी चोकमा आयोजित स्वागत तथा सभामा बोल्ने क्रममा आफूबाट शब्द उच्चारणमा त्रुटि भएको बताएकी छन् । “धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ” भन्नुपर्ने ठाउँमा ‘अन्त्य’ शब्द छुटेर ‘भ्रष्टाचार गर्छु’ भन्ने जस्तो सुनिन गएकोप्रति उनले खेद व्यक्त गरेकी छन् ।

तामाङले अत्यधिक थकान र हतारोका कारण यस्तो त्रुटि भएको बताउँदै भविष्यमा बोल्दा अझ सजग रहने प्रतिबद्धता जनाएकी छन् । “एकपटक गल्ती भयो, अबदेखि बोल्दा धेरै ध्यान पुर्‍याउनेछु,” उनले भनेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *