धादिङ–१ मा चार पक्षीय प्रतिस्पर्धा, आशिकाको प्रवेशले चुनाव रोचक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । धादिङ निर्वाचन क्षेत्र नं। १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन चार पक्षीय प्रतिस्पर्धामा रुपान्तरण भएको छ । लामो समयदेखि वामपन्थी प्रभावको गढ मानिँदै आएको यस क्षेत्रमा विगतमा कम्युनिष्ट दलका उम्मेदवारहरू निरन्तर विजयी हुँदै आएका छन् ।

गत निर्वाचनमा राजेन्द्र पाण्डे विजयी भएका थिए भने एमालेका भूमि त्रिपाठी पराजित भएका थिए। यसपटक पनि पाण्डे र त्रिपाठीबीच प्रतिस्पर्धा दोहोरिने देखिएको छ । पाण्डेलाई पूर्वमाओवादी नेता शालिकराम जम्कटेलको साथ रहेको छ भने त्रिपाठी २०७९ को हार बिर्साउने दाउमा छन् ।

यता नेपाली कांग्रेसले युवा नेता कृष्ण रिजाल लाई उम्मेदवार बनाउँदै पुस्तान्तरण र सुशासनको एजेन्डा अघि सारेको छ। कांग्रेसले कम्युनिष्ट मत विभाजन र आफ्ना परम्परागत मतदाता सक्रियतामार्फत नतिजा आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ।

त्यसैगरी, वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ले सामाजिक अभियन्ता आशिका तामाङ लाई मैदानमा उतारेपछि प्रतिस्पर्धा थप रोचक बनेको छ। पुराना दलप्रतिको असन्तुष्टिलाई मतमा रूपान्तरण गर्ने लक्ष्यसहित रास्वपा सक्रिय देखिएको छ।

करिब एक लाख ३८ हजार मतदाता रहेको धादिङ–१ मा यसपटक पुराना शक्तिको पकड र नयाँ अनुहारको चुनौतीबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *