एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।

सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् ।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *