एमाले रुपन्देही जिल्लाका सचिव कार्की रास्वपा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौँ । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैनाका पूर्वनगरप्रमुख चित्रबहादुर कार्की आइतबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आज रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कार्कीलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

लामो समय एमालेको राजनीति गरेका कार्की सैनामैना नगरपालिकामा एमालेबाट २०७४ मा नगरप्रमुख निर्वाचित भएका थिए । ०७९ सालमा पुनः टिकट पाएर पराजित भएका कार्कीले एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहँदा र सांसद रहँदा स्वकीय सचिव रहेर काम गरेका थिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेको भन्दै २३ गते नै उनले असन्तुष्टि जनाएका थिए । उनी पार्टीको जिल्ला बैठकसमेत लामो समयदेखि उपस्थित थिएनन् । कार्कीले जेनजी आन्दोलनपछि हत्याको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *