काठमाडौं, फागुन ४ — कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो मूल नारा “गफ होइन काम, भाषण होइन परिणाम” राख्दै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको जनाएको छ।
कुलमान घिसिङले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउन जोड दिएका छन्।
पार्टीले अब केवल घोषणामा सीमित नरहने, तर ठोस कार्यान्वयनमार्फत परिणाम देखाउने नीति अपनाउने बताए। ‘योजना कार्यान्वयनको निगरानी, मूल्याङ्कन र प्रतिवेदन प्रणालीबाट परिणाम सुनिश्चित गरिनेछ’ कुलमान घिसिङले भने,
“अब केवल भाषण र घोषणा होइन, काम गरेर परिणाम देखाउने समय हो। नागरिकले त्यसैमा हामीलाई मूल्याङ्कन गर्नेछन्’।
उज्यालो नेपाल पार्टीको यो रोडम्याप पाँच वर्षभित्र सुशासन, आर्थिक विकास र सामाजिक न्यायको स्पष्ट दिशा दिने लक्ष्य राखेको छ। पार्टीले योजना कार्यान्वयनमा निरन्तरता, प्रतिबद्धता र पारदर्शितालाई प्रमुख आधार बनाउने प्रतिवद्धता जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्