पश्चिमी वायु सक्रिय : पहाडमा आंशिक बदली, तराईमा मध्यान्हसम्म हुस्सु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

काठमाडौँ, फाल्गुन ४ — आज देशको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण केही प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल गण्डकी प्रदेशमा सामान्य बदली छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा आंशिक बादल लागेको छ भने गण्डकीका उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

सोमबार तराईका केही जिल्लामा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यसले बिहानको समयमा सवारी आवागमनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसमविद्हरूले आवश्यक परेमा अद्यावधिक सूचना हेरेर मात्र यात्रा तथा बाहिरी गतिविधि तय गर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *