|
२०८२ फाल्गुन ३
काठमाडौँ — मुम्बईस्थित वानखेडे मैदानमा जारी टी–२० विश्वकप खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो। दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रन जोड्दै अर्धशतक पूरा गरे। यसअघि सुवास प्याकुरेलले पनि अर्धशतक बनाएका थिए। सोमपाल कामी २६ रनमा अविजित रहे।
अन्य ब्याट्सम्यानले यसरी रन जोडेको छन्: लोकेश बम १३, आसिफ शेख ११, गुलशन झाले ११, रोहित पौडेल ५, आरिफ शेख २, कुशल भुर्तेल १।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए।
दुबै टोलीका लागि खेल निर्णायक छ। नेपालले आज खेल हार्यो भने प्रतियोगिताको सुपर एटबाट बाहिरिनेछ, जबकि वेस्ट इन्डिजले जितेमा सुपर एटमा पुग्नेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्