धान्यपूर्णिमामा दुप्चेश्वर महादेव धाममा असाधारण भीड, मेला र व्यापारले रंगिए स्थानीयता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

त्रिशूली — ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने दुप्चेश्वर महादेव मन्दिर आजकल धान्यपूर्णिमाको मेलाले झनै कचल्टिएको छ। मोक्षदा एकादशीदेखि सुरु भएको यो धार्मिक उत्सव पूर्णिमासम्म विशेषतस् जम्ने भएकाले दर्शनार्थीहरूको आगमन दिनदिनै बढ्दै गएको छ।

मन्दिरका पुजारी भगवानहरि धितालका अनुसार यस वर्ष चतुर्दशी र पूर्णिमा एकै दिन परेकाले मुख्य भीड आजै बढी देखिएको हो। बिहानैदेखि बेलुकी ५ बजेसम्म करिब १५ हजारभन्दा धेरै भक्तजनले दर्शन गरिसकेको अनुमान गरिएको छ।दुप्चेश्वर क्षेत्र विकास कोषका प्रतिनिधिहरूले पूर्णिमाका दिन यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय व्यापारी राजकुमार श्रेष्ठका अनुसार मेलामा बाँस र निगालोका चोयाबाट तयार गरिने धुन्से, डोका, भकारी, नाङ्लो आदि हस्तकलाका सामग्रीको व्यापार खूबै जमेको छ।त्यससँगै गाई–भैंसीमा धुवाइ गर्ने परम्परागत ‘धुपी’ र शिखरबेंसी क्षेत्रमा उत्पादन हुने समुन्द्रफिनी जातको चामलसहित अन्य कृषिउपज मेलाको मुख्य आकर्षण बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *