८ लाख दर्शनार्थीको अपेक्षासहित महाशिवरात्रि तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २

काठमाडौं: महाशिवरात्रि पर्वको तयारी पशुपतिनाथ मन्दिर क्षेत्रमा अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रि दिन कम्तीमा आठ लाख दर्शनार्थी र चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ।

चार छुट्टाछुट्टै दर्शन लाइन, सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक टोली परिचालन हुनेछ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको छ। दर्शनस्थल वरिपरि सरसफाइ, प्राथमिक उपचार केन्द्र र स्वयंसेवकहरूको व्यवस्था गरिएको छ।

महाशिवरात्रि राति पूजाआजा, आरती, भजन–कीर्तन र धार्मिक प्रवचन कार्यक्रम सञ्चालन हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *