राजनीतिक प्राथमिकता सार्वजनिक गर्न राप्रपा तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

शुक्रबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर घोषणापत्रका अन्तरवस्तुमा छलफल गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

घोषणापत्र भ्रष्टाचारको अन्त्य, सुशासन, तथा राजसंस्थाको पुनर्स्थापनासहितका एजेण्डामा केन्द्रित रहेको छ। राप्रपाले आगामी राजनीतिक कार्यदिशा र प्राथमिकताबारे स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरेको प्रवक्ताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *