समानुपातिक प्रणालीलाई विस्थापित गर्न खोज्नु सर्वसत्तावादी सोच : राप्रपा नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

काठमाडौँ : राप्रपा नेपालले समानुपातिक प्रणाली नै यो संविधानको सबैभन्दा सकारात्मक पक्ष भएको भन्दै त्यसैलाई घटाउन खोज्नु सर्वसत्तावादी सोच भएको टिप्पणी गरेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै यस्तो निचोड निकालेको हो।

‘धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र यो संविधानको विकृति हो भने समावेशीता र समानुपातिक प्रणाली संविधानको सबैभन्दा सकारात्मक पक्ष हो,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विकृतिहरु हटाउनुको सट्टा समानुपातिक प्रणालीलाई विस्थापित गर्नु भनेको सर्वसत्तावादी सोचको परिणाम हो।’

‘आफ्नो वर्चस्व र अस्तित्व माथी खतरा देखेपछि नेपाली काँग्रेस र नेकपा (एमाले) साना र उदयीमान दलहरूलाई उठन नदिने र कथित दुई दलीय निरंकुशतालाई संस्थागत गर्ने षडयन्त्रमा लागेका छन्,’ महामन्त्री राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा नेपाल यो षडयन्त्रको विपक्षमा सशक्तरुपले खडा हुनेछ।’

नेकपा एमाले र नेपाली कांग्रेसले वर्तमान सत्ता समीकरण बदल्ने र संविधान संशोधन गर्ने विषयमा गरेको सहमतिप्रति टिप्पणी गर्दै राप्रपा नेपालले यी दुई दल दलीय निरंकुशतालाई संस्थागत गर्ने षडयन्त्रमा लागेको समेत आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *